१२ कार्तिक २०८३, बिहिबार

घर विदामा गएका सैनिकले आत्महत्या गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-army

तनहुँ, २३ मङ्सिर । तनहुँमा आज एक सिपाहीले आत्महत्या गरेका छन् ।

जिल्लाको खैरेनीटार बजारस्थित ३ नं बाहिनी अड्डामा सिपाहीपदमा कार्यरत ब्यास नगरपालिका–४ निवासी वर्ष २२ का सुरेश कार्कीले आत्महत्या गरेका हुन् ।

घर बिदामा गएका कार्कीले घरदेखि करिब ८०० मिटर टाढा पूर्वमा रहेको चिलाउनेको रुखमा डोरीको पासो लगाई आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आत्महत्याको कारण खुल्न सकेको छैन । रासस