१२ कार्तिक २०८३, बिहिबार

संविधान संशोधन नै मुलकको निकास : काँग्रेस नेता खड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purna-bhadur-khakdaपाँचथर, २३ मङ्सिर । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले यथाशक्य संविधान संशोधन गर्नु नै अहिलेको निकास भएको बताउनुभएको छ ।

पाँचथरको फिदिममा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनमार्फत मधेसवादी दलको माग पूरा हुने र माग पूरा भएसँगै भारतको नाकाबन्दीसमेत हट्ने दाबी गर्नुभयो ।

उहाँले मुलकको आन्तरिक समस्या देशमै हल गर्न सकिने उल्लेख गर्दै मधेशवादी दल भारत गएर ठीक नगरेको बताउनुभयो ।

काँग्रेस नेतृत्वकै सरकारले संविधान जारी गरेको र अब विकास निर्माणका कामको नेतृत्व पनि काँग्रसले नै गर्ने बताउँदै
उहाँले संविधानको कार्यान्वयन नभएसम्म दलबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।

नेता खड्काले प्रदेसको सीमाङ्कन गर्दा सम्बन्धित प्रदेसका जनताको राय लिनुपर्ने र त्यसो नभए सङ्घीय आयोग गठन गरेर आयोगले दिएका सुझावअनुसार सीमाङ्कन गर्नुपर्ने बताउनुभयो । रासस