१२ कार्तिक २०८३, बिहिबार

कैलालीमा जङ्गली हात्तीको उपद्रो बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatti-aatankaधनगढी, २३ मङ्सिर । कैलाली जिल्लाको दक्षिण सीमावर्ती रतनपुरलगायतका गाविस क्षेत्रमा जङ्गली हात्तीको झुण्डले खेतमा लगाइएको बालीमा क्षति पु¥याएको छ ।

रातिको समयमा आउने हात्तीले केही हप्ताअघि मात्रै छरेको गहुँ, सिँचाइका लागि खेतमा राखिएको पम्पिङ्सेट, तरकारी बालीमा क्षति पु¥याउन थालेपछि हैरानी खेप्नुपरेको स्थानीयवासीले बताएका छन् ।

सीमापारी भारतको दुदुवा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको झुण्ड नजिकै रहेको कैलालीको बसन्ता वन क्षेत्रमा दिउँसोको समयमा चरनमा रहने गरेको बताइएको छ ।

जङ्गली हात्तीले उपद्रो मच्चाउन थालेपछि रातिको समयमा स्थानीयवासी आतङ्कित हुनथालेका छन् ।

यसअघि वर्षे धानबालीको समयमा पनि हात्तीले कैलाली जिल्लाको सीमावर्ती कैयौँ क्षेत्रको धानबालीमा क्षति पु¥याएका थिए । रासस