१२ कार्तिक २०८३, बिहिबार

बसमा मोटरसाइकल ठोकिँदा तीन घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhapaझापा, २२ मङ्सिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत तोपगाछी–७ मा गुडिरहेको बसमा आज बिहान मोटरसाइकल ठोकिँदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

मोटरसाइकलमा सवार तीन यात्रु घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक गरामनी–६ निवासी २४ वर्षीय कैलाश थपलिया, ३० वर्षीया विमला थपलिया र १० वर्षीय आशिष भण्डारी रहेकामे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते सबैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा रहेको गाईलाई जोगाउने क्रममा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे२प २२९१ नंको मोटरसाइकल धरानतर्फ जाँदै गरेको मे१ख १७१० नंको बसमा ठोक्किएको थियो । मोटरसाइकल बसमा ठोकिएलगत्तै जलेर जष्ट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिनुभयो । रासस