१२ कार्तिक २०८३, बिहिबार

सिस्नेरीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

हेटौँडा, २२ मंसिर । हेटौँडाबाट काठमाडौंतर्फ गइरहेको ना३ख ५१३२ नं मिनीट्रक भीमभेदी–कुलेखनी सडकखण्डको सिस्नेरीमा दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने यात्रुमध्ये काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी गाविस वडा नं ६ बस्ने १८ वर्षीय अमृत आचार्य र वडा नं ९ बस्ने ५० वर्षीय ढकप्रसाद तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएराति भएको सोही दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रकका चालक सोही गाविस बस्ने रामकुमार आचार्य र सहचालक राजकुमार आचार्यलाई उपचारका लागि काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ ।