१२ कार्तिक २०८३, बिहिबार

आज वीरगन्ज बन्द, ठाउँ ठाउँमा मोर्चाको प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

वीरगन्ज, २१ मङ्सिर । आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले आज बिहानदेखि वीरगन्ज बन्द गराएका छन् ।

तिहार र छठ पर्वलाई दृष्टिगत गरेर बन्द कार्यक्रमलाई केही खुकुलो बनाए पनि उनीहरूले आज बिहानदेखि वीरगन्जका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र ट्याक्टरसमेत चल्न दिएका छैनन् ।

यहाँ कुनै अप्रिय घटना हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । रासस