१२ कार्तिक २०८३, बिहिबार

न्यूरोडको जुवा खालबाट पाँच जुवाडे पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrauतनहुँ, २१ मङ्सिर । तनहुँ प्रहरीले जुवाको खालवाट जुवा खेल्ने पाँच जनासहित ३ लाख ८८ हजार ५० रुपैयाँ जफत गरेको छ ।

व्यासनगरपालिका वडा नं २ न्यूरोड स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवा खेल्ने सहित सो रकम जफत गरेको हो ।

जुवा खेलिरहेको अवस्थामा स्थानीय टुकवहादुर हमाल,प्रदीप पौडेल,हर्कवहादुर थापा,इमवहादुर सुनार र धु्रवराज न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरी आइतवार जिल्ला अदालतमा जुवा ऐन अन्र्तगत मुद्धा दर्ता गरेको हो ।

अदालतले पक्राउ परेका पाँचै जनालाई थुनामा राख्न समेत आदेश दिएको जिल्ला प्रहरी कार्यालय  तनहुँले जनाएको छ । प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई शनिवार साँझ पक्राउ गरेको बताइएको छ । रासस