१२ कार्तिक २०८३, बिहिबार

वातावरणमन्त्री पासवान पेरिसमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bisendra-Paswanकाठमाडौँ, २० मङ्सिर । फ्रान्सको पेरिसमा मङ्सिर १४ देखि २५ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २१औँ सम्मेलन र क्योटो प्रोटोकलको ११औँ सम्मेलनमा भाग लिन विज्ञान, प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार सम्मेलनस्थलमा पुग्नुभयो ।

उहाँले विषयवस्तुमा भइरहेको प्रगति लगायत नेपालले खेलेको भूमिका बारेमा जानकारी लिनुभयो । उक्त अवसरमा मन्त्रालयका सचिव एवम् टोली उपनेता डा कृष्णचन्द्र पौडेलले सम्मेलनमा वार्ताको विद्यमान अवस्था लगायत मन्त्री पासवानको नेतृत्वमा हुने प्रस्तावित कर्याक्रमका बारेमा जानकारी गराउनुभयो ।

सो अवसरमा मन्त्री पासवानले वार्ताको बाँकी अवधिमा नेपालले प्रभावकारी एवम् रणनीतिक भूमिका निर्वाह गर्नका लागि यहाँ भाग लिइरहेका प्रतिनिधिमण्डलका सदस्यलाई निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता ्महेन्द्रकुमार थापाले जानकारी दिनुभयो । रासस