१२ कार्तिक २०८३, बिहिबार

तत्कालिन जनसरकार प्रमुखले गरे रुकुममा नयाँ शक्ति घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rukum-Sarun-badha

– महेश केसी
रुकुम, १९ मंसिर । पूर्व प्रधानमन्त्री बाबुराम भट्राईको संयोजकत्वमा थालनी भएको नयाँ शक्ति निर्माण अभियान रुकुममा पनि सुरु भएको छ ।

नेकपा माओवादीले थालेको सशस्त्र युद्धका बेला रुकुम जिल्लाबाट घोषणा गरिएको तत्कालिन जनसरकार प्रमुख शरुण बाठाले एकीकृत माओवादी परित्याग गरी रुकुम जिल्लामा आफ्नो संयोजकत्वमा स्वाधिन, समृद्ध र समावेशी नयाँ नेपाल निर्माणका निम्ति भन्दै रुकुममा पनि नयाँ शक्ति निर्माण अभियानको थलनी भएको घोषणा गरेका छन् । शनिवार सदरमुकाम मुसिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी युद्धताका पार्टीको विभिन्न भुमिकामा रहदै एकिकृत नेकपा माओवादी रुकुमको पुर्व ईन्चार्जको रुपमा समेत रहेका बाठाले दश बर्ष लामो अवधिसम्म माओवादीले चलाएको ‘जनयुद्ध’को सम्झना समेत गरेको छन् ।

लामो समय आफुहरुले पार्टीभित्रैवाट अधिकार प्रप्तीका लागी र संगठन सदृढिकरणका लागी पार्टीभित्र निकै संघर्ष गरेपनि अधिकार प्राप्तीको साटो जनघात भएको वताउदै वाठाले भने, ‘हामी शुन्यवाट सुरु गरेर एउटा आधार तयार गर्दै छौ । यसकारण अहिले नै टाउका गन्ने भन्दा पनि हामी गरेर देखाउन चाहन्छौ ।’

एकीकृत नेकपा माआवादीको विभिन्न पद र जिम्मेवारी परित्याग गरी दुई दर्जन नेता तथा कार्यकर्ता नयाँ शक्ति निर्माणमा जुटेको वताईएको छ । ‘हामिलाई परलोकको लागी पुण्य कमाउन यही लोकमा रहेर अपराध गर्नु छैन’ भन्दै जारी गरिएको विज्ञप्ती मार्फत नयाँ राजनैतिक शक्ति निर्माणको अभियानमा लाग्न सबैलाई अनुरोध गरिएको छ साथै विज्ञप्ती मार्फत आगामी मंसिर २० देखी ३० गते सम्म जिल्ला स्तारमा औपचारिक भेटघाट तथा छलफल, पुष ५ गते देखी १० गते सम्म सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम र पुष १५ गते जिल्ला स्तारिय समिक्षत्मक भेला आयोजना गर्ने आगामी कार्यक्रम सार्वजनिक गरिएको छ ।