
– सन्तोष कुुमार
लहान, १९ मंसिर । मधेस आन्दोलनको समर्थन र आफ्नो पेशागत सुरक्षाको माग गर्दै सिरहाका स्वास्थ्यकर्मीहरु सडकमा उत्रेका छन् । आज सिरहाको लहानमा जिल्लाभरका स्वास्थ्यकर्मी र्याली निकालेर मधेस आन्दोलनको समर्थन र पेशागत सुरक्षाको माग गरेको हो ।
लहान नपा ३ स्थित हस्पिटल चौकबाट निकालेको र्याली लहानको विभिन्न भागमा परिक्रमा गर्दै सहिद चौक पुुगेर कोणसभा गरेका छन् । कोणसभामा बोल्दै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा गनुपर्ने र मधेसी मोर्चाको माग पुुरा गर्न सरकारसँग माग गरेका छन् ।
सप्तरीस्थित सगरमाथा अञ्चल अस्पताल राजविराजमा घुुसेर प्रहरीले स्वास्थ्यकर्मीलाई कुुटपिट गरेको घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्नुुपर्ने समेत माग गरेको छ । सप्तरीका एसपीकै निर्देशनमा स्वास्थ्यकर्मी कुटिएको आरोप लगाउँदै दोषीलाई कारबाही नभए सिरहा जिल्लाभरका स्वास्थ्य संस्था समेत ठप्प पार्ने उनीहरुले चेतावनी दिए ।


















प्रतिक्रिया