
– कमलराज भट्ट
काठमाडौं, १८ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु ‘सोलुसन’ खोज्न भारत भ्रमणमा जाने भएका छन् ।
सरकारका मन्त्रीहरु भारत भ्रमणमा गएर मधेस आन्दोलनबारे भ्रम सिर्जना गरेको भन्दै ‘कन्फ्युजन क्लियर’ गर्न मधेसी मोर्चाका नेताहरु दिल्ली जाने तय भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।
उनले आइतबार मोर्चाको टोली दिल्ली जाने तयभएपनि को-को जाने र दिल्लीमा को-को लाई भेट्ने विषय तय नभएको बताए । तर, मोर्चाका नेता ‘सोलुसन’ खोज्न दिल्ली जान लागेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार मोर्चाका चारै जना शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्रराय यादवलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालाएका छन् । तर, मोर्चाले को नेता जाने को नजाने भनेर टुंगो लगाउन बाँकी छ ।
दिल्लीमा मोर्चाका नेताहरुले भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, सुरक्षा सल्लाहकार अजित ढोभल लगायतका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ ।














प्रतिक्रिया