अत्तरिया, १८ मंसिर । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुक्रबार सामुदायिक सुरक्षा समिति अत्तरियाको आयोजनामा विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
सरस्वती उच्च मावि शेहरीमा सम्पन्न भएको प्रतियोगितामा दुर्गा लक्ष्मी उच्च मावि अत्तरिया प्रथम, सरस्वती उच्च मावि शेहरी दोस्रो र ठेकराज मावि वेलादेवीपुर तेस्रो भएका छन । यसैगरि राष्ट्रिय उच्च माविले सान्तवना पुरस्कार प्राप्त गरेको हो ।
लैगिंक हिंसा न्यूनिकरणमा युवा र विद्यालयको भूमिकाको विषयमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुले समाज विद्यमान लैगिंक हिंसाका स्वरुपबारे विचार राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि दुर्गा लक्ष्मी उच्च माविका प्राचार्य शिवराज जोशीले विद्यालयबाटै युवायुवतीले लैगिंक हिंसा न्यूनिकरणको जिम्मेबारीबोध गर्न सिके, समाजबाट लैगिंक हिंसा न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
शसस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाको सहयोगमा संचालित वक्तृत्वकला प्रतियोगितामा मालाखेती, वेलादेवीपुर र श्रीपुरका विद्यालयहरुको सहभागिता थियो ।















प्रतिक्रिया