१२ कार्तिक २०८३, बिहिबार

भूकम्पमा भागेका २१६ कैदीमध्ये ७० मात्र सम्पर्कमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jailमेलम्ची १८, मङ्सिर । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये ७६ जना मात्र सम्र्पकमा आएका छन् ।

भूकम्पमा सबै कैदीबन्दी भागेका थिए । जिल्ला कारागारमा २१६ जना कैदीबन्दी रहेको र जसमा १९६ जना पुरुष थिए भने २० जना महिला रहेको कारागारका प्रमुख बलराम आछेथुले जानकारी दिनुभयो ।

दुईसय १६ जना भागेकामध्ये बिहीबारसम्म ७६ जना मात्र सम्पर्कमा आएको आछेथुले बताउनुभयो । ७६ जनामध्ये कतिपयलाई प्रहरीले पक्राउ गरेका थिए भने कतिपय आफैँ सम्पर्कमा आएका थिए । जसमा ७० पुरुष कैदीबन्दी र सातजना महिला कैदीबन्दी सम्पर्कमा आएको जिल्ला कारागारले जनाएको छ ।

विनाशकारी भूकम्प गएको सात महिना बितिसक्दा पनि १४० जना कैदीबन्दी अझै फरार छन् । कारागारले पटकपटक सूचना प्रकाशित गर्दा पनि उनीहरु सम्पर्कमा आएका छैनन् ।

विनाशकारी भूकम्पले कारागार पूर्णरुपमा ध्वस्त भएको थियो । तत्काल निर्माण सम्भव नभएको र पक्राउ परेका कैदीलाई राख्ने ठाउँ नभएकाले तत्काल आठदेखि दश जनालाई जिल्ला प्रहरी कार्यालयमा र विभागको आदेशअनुसार विभिन्न जिल्लामा पठाउने गरेको विभागका प्रमुख आछेथुले बताउनुभयो । रासस