सर्लाही, १८ मंसिर । सर्लाहीमा प्रहरीकै क्वाटरमा चोरी भएको छ ।
मलंगवा नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा खटिएका प्रहरी कर्मचारी बस्ने कोठाको ढोका फुटाई सामान बाहिर झिकी आगजनी गर्ने खुटौना–६ बस्ने १७ बर्षीय अजय कुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पासवान मधेसी मोर्चाका कार्यकर्ता हुनसक्ने आशंका गरिएको छ ।














प्रतिक्रिया