– रामचन्द्र न्यौपाने
डोल्पा, १८ मंसिर । भारतको राजधानी नयाँदिल्लीस्थित बिएलके अस्पतालमा उपचार गराईरहेका हमाल बाबु छोरालाई डोल्पालिहरुले सफल स्वास्थ्यलाभको कामना गरेका छन ।
कतिपय फेसबुक वालहरुमा मध्यपानको कारण बिरामी परेको लेखिएतापनि त्यो नभई वाल्यकाल देखिनै कलेजोमा समस्या देखिएकाले नेपालमा उपचार हुने सम्भाबना नदेखिएपछि सामान्य उपचार गराएर थप उपचारको लागि नयाँदिल्ली लगिएको दिदी गणेश कुमारी हमालले बताउनुभयो ।
हमालको लागि कलेजो फेर्नुपर्ने देखिएकाले आफ्नै छोरा चाँद हमालले कलेजो प्रदान गर्नुभएको छ । अन्य व्यक्तिको कलेजोको समुह नमिलेर छोराको कलेजो मात्रै मिलेपछि आफ्नै बवाुलाई हमालले अङ्ग दान गर्नुभएको हो ।
डोल्पाबाट पहिलो पटक ईन्जिनियर पास गरेका अंगतकुमार हमाल अहिले जिल्ला बिकास समितीको कार्यालय डोल्पामा प्रमुख प्राबिधिकको रुपमा कार्यरत हुनुहुन्छ ।
सानै देखि प्राबिधिक बनेर डोल्पाको बिकासगर्ने लक्ष्यलिनुभएका उहाँ जिल्ला बिकास समिती डोल्पामा कार्यरत भएदेखि डोल्पाको बिकासकोलागि अतुलनिय योगदान पु¥याईरहेकाले उहाँको स्थास्थ्यमा केहि सुधार आएको खबर आएकाले डोल्पालिहरुमा खुसियालि छाएको स्थानिय समाजसेवी टिकादत्त न्यौपानेले बतााउनुभयो साथै सम्पुर्ण डोल्पालिहरुले भगवान संग सफल स्वास्थ्यलाभको कामना समेत हमाल बाबु छोरालाई गरेको न्यौपानेले बताउनुभयो ।
हमाल डोल्पाकै गहना भएकाले उपचारको क्रममा आर्थिक,भौतिग,नैतिक जस्तोसुकै अभाब भएपनि सहयोग मागे डोल्पालिहरु गर्न तत्पर रहेको समेत उहाँले बताउनुभयो । छोराले अङ्ग दानगरेरपछि हमाले नँया जीवन पाएको र अहिले बुवा छोराको स्वास्थ्य स्थिति सुध्रदै गएको परीवार स्रोतले जानकारी दिएको छ ।















प्रतिक्रिया