१२ कार्तिक २०८३, बिहिबार

बनबसामा भारतीयले फेरि नेपाली युवकलाई लुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुटिएका राज बुढाथोकीलाई सहयोग गर्दै सहारा समूह नेपाल
लुटिएका राज बुढाथोकीलाई सहयोग गर्दै सहारा समूह नेपाल

कञ्चनपुर, १८ मङ्सिर । सीमावर्ती भारतीय बजार वनवसामा एक नेपाली युवकलाई नशालु पदार्थ खुवाएर गएराति लुटिएको छ ।

भारतको सिमालाबाट मजदुरी गरेर घर फर्कंदै गरेका सल्यानका १८ वर्षीय राजबहादुर बुढाथोकीलाई चियामा नशालु पदार्थ खुवाएर लुटेराले लुटेका हुन् ।

भारतको हरिद्वार बसपार्कमा भेटिएका दुई नेपाली भाषी युवकले बुढाथोकीलाई आफूहरुसमेत नेपाली भएको भन्दै चिया खान लगाएका थिए ।

चियामा नसालु पदार्थ मिसाई खुवाएपछि बेहोस भएका बुढाथोकीसँग रहेको रु ७२ हजार, दुई सेट मोबाइल र लत्ताकपडालगायतका सामान लुटेराले लुटेर लगेको सहारा समूह नेपालका राजबहादुर चौधरीले बताउनुभयो ।

अचेत अवस्थामा भीमदत्तनगरपालिकाको जिमुवामा भेटिएका युवकलाई स्थानीयवासी रमेश दमार्इंले गड्डा चौकीमा रहेको ‘सहारा समूह’ नेपालको सम्पर्कमा पुर्‍याएका थिए ।

सहारा समूहले पीडित युवालाई रु १५० खाजा खर्च र रु ९०० बस भाडा उपलब्ध गराई आज घरतर्फ पठाएको छ । रासस