१२ कार्तिक २०८३, बिहिबार

नाकाबन्दी खोल्ने सरकारको कुटनीति असफलः गगन थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-Thapaमन्थली, १७ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भारतले गरेको अघोषित नाकाबन्दीबाट गत वैशाखमा गएको विनाशकारी भूकम्पभन्दा तीन गुणाले नेपालको अर्थतन्त्रमा क्षति पुगेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घले आज रामेछापमा आयोजना गरेको जनकपुर अञ्चलस्तरीय विचारगोष्ठीमा उहाँले नाकाबन्दी कूटनीतिक प्रयासबाट समाधान गर्नेभन्दा पनि सरकारका जिम्मेवार व्यक्ति नै आरोप प्रत्यारोपमा उत्रिएकाले समस्या झन् जटिल बन्दै गएको धारणा राख्नु भयो ।

नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएको संविधानलाई कार्यान्वयनमा लैजाने जिम्मेवारीसमेत कांग्रेसको रहेको उहाँको भनाइ थियो । रासस