काठमाडौं, १७ मंसिर । भारतीय नाकाबन्दीपछि पहिलोपटक निजी कम्पनीले नेपालमा इन्धन आपूर्ति गरेको छ ।
सरकारले जारी गरेको ग्लोबल टेण्डर पाएको निजी कम्पनी पेट्रोलिमेक्सले पहिलोपटक ब्यापारिक रुपमा ४२ हजार लिटर हवाइ इन्धन नेपाल ल्याएको हो ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलिमेक्सले भारतबाट जोडर्न एयरलाइन्सको बोइङ ७६७ वाइडबडी बिमानमा एयरलिफ्ट गरेर इन्धन ल्याएको हो । अब पेट्रोलिमेक्सले नियमित रुपमा हवाइ इन्धन ल्याउनेछ ।
यसअघि चीनले नेपाललाई लाखौं लिटर तेल अनुदानमा दिएको थियो । नाकाबन्दी लगाएको दुई महिनापछि फेरि भारतबाटै तेल ल्याइएको हो ।















प्रतिक्रिया