काठमाडौं, १६ मंसिर । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार सिलवाल निलम्बनमा परेका छन् ।
उनलाई आचरणविपरित काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले बुधबार निलम्बन गरेको परिसरका प्रवक्ता ईश्वरराज पोखरेल बताए ।
डीएसपी सिलवालले कमलादीस्थित एक डिस्को रेस्टुरेन्टमा मदिरा सेवा गरेर होहल्ला गर्दै केहीलाई हातपात समेत गरेका थिए ।














प्रतिक्रिया