१२ कार्तिक २०८३, बिहिबार

देउसी भैलोको रकमद्वारा पत्रकार कल्याणकारी कोष स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deusi vailo

– नरेश केसी
भैरहवा, मंसिर १६ । तिहारको अवसर पारेर देउसी भैलो खेली संकलन गरेको रकम भैरहवाका पत्रकारले पत्रकार कल्याणकारी कोष स्थापनामा खर्चिने भएका छन् ।

भैरहवामा क्रियासील पत्रकारहरुको समुह तिहारको अवसर पारेर उद्योगी व्यवसायी, समाजसेवीकहां देउसी भैलो खेलेका थिए । शान्ति सद्भाव र आपासी भाइचारा अभिवृद्धिकोलागी भैरहवामा क्रियासील पत्रकारहरुद्वारा आयोजित देउसी भैलो कार्यक्रम मार्फत संकलित रकम पत्रकार कल्याणकारी कोषमा संकलन गरिने भएको हो ।

deusi vailo 4देउसी भैलो कार्यक्रम २०७२ का संयोजक समेत रहेका पत्रकार माधव ढुंगानाको अध्यक्षता एवं सहसंयोजक मनोरन्जन शर्माको स्वागतमा सम्पन्न बैठकले देउसी भैलो कार्यक्रमको समीक्षा समेत गरेको थियो । समीक्षा बैठकमा सहभागी पत्रकारहरुले समग्रमा कार्यक्रम सफल भएको जनाउदैं संकलित रकम मार्फत अक्षयकोष स्थापना गर्न सर्वसम्मत तर्क राखेपछि भैरहवामा क्रियासील पत्रकारहरुको कल्याणार्थ अक्षयकोष निर्माण गरिने निर्णय भएको हो । अक्षयकोषमा तत्काल १ लाख ११ हजार १ सय ११ रुपैयां जम्मा गरिने भएको छ ।

यसैबीच भैरहवाका पत्रकारहरुको भेलाले लुम्बिनी प्रेस क्लब, भैरहवा गठन गर्ने निर्णय समेत गरेको छ । नवगठीत लुम्बिनी प्रेस क्लबको विधान, कार्यसमितीको खाका, निर्देशिका बनाउन तत्काल एउटा उपसमिती समेत चयन गरेको छ । माधव ढुंगाना संयोजक रहेको उपसमितीले एक हप्ताभित्र नव गठीत क्लबको प्रस्तावित विधान पेश गर्ने र सो विधानलाई अर्को बैठकले पारित गर्दै क्लब सन्चालक समिती गठन गर्ने निर्णय समेत भएको छ ।

यसैगरी पत्रकारहरुको बैठकले पत्रकार बनभोज कार्यक्रमकोलागी सम्झना शर्माको संयोजकत्वमा एक उपसमिती तथा अध्धयनमूलक पदयात्राकोलागी मनोरन्जन शर्माको संयोजकत्वमा अर्को उपसमिती समेत चयन गरेको छ । यसैगरी बैठकले लुम्बिनी दैनिकका भैरहवा शाखा व्यवस्थापक श्रीधर पाण्डेको असाहमयीक निधनप्रति गहिरो दुखः व्यक्त गदै शोक सन्तप्त परिवार जनप्रति समवेदना समेत व्यक्त गरेको छ ।