१२ कार्तिक २०८३, बिहिबार

कक्षा १२ को पुरक परीक्षा नतिजा सार्वजनिक, झण्डै ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HSEBकाठमाडौं, १६ मंसिर । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को पुरक परीक्षा नतिजा बुधबार सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजाअनुसार ८४.६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । मौकामा परेका विद्यार्थीहरुले गत कात्तिक २१ मा पुरक परीक्षा दिएका थिए ।

परीक्षा नियन्त्रक सन्तोष अर्यालले यसवर्ष उत्तीर्ण विद्यार्थीको संख्या बढेको बताउनुभयो । उहाँका अनुसार ३३ हजार २ सय ११ विद्यार्थीले परीक्षा दिएकोमा २८ हजार एक सय एक विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा हेर्न नेपाल टेलिकममा सम्पर्क राख्न सकिनेछ ।