ललितपुर, १६ मंसिर । भारतको नाकाबन्दीका बेला महंगोमा तेल बेच्ने दुई जनालाई प्रहरीले सानेपाबाट पक्राउ गरेको छ ।
अवैध रुपमा सानेपा चोकमा पेट्राल बिक्री बितरण गरिरहेका काठमाडौँ कोटेश्वर बस्ने झापा घर भएका ३२ बर्षीय टक बहादुर बस्नेत र रातोपुल बस्ने झापा धुलाबारी–घर भएका २८ बर्षीय रामकुमार भारतीलाई प्रहरीले मंगलबार १ सय २० लिटर पेट्रोल सहित पक्राउ गरेको हो ।
उनीहरुले उच्च मूल्यमा पेट्रोल बेच्दै आएको खुलेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














प्रतिक्रिया