१२ कार्तिक २०८३, बिहिबार

घरझगडा पर्दा श्रीमानले गरे श्रीमतीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बाँके, १६ मंसिर । देशमा महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बाँकेमा एक महिलाको हत्या भएको छ ।

नेपालगंज उपमहानगरपालिका–१ धम्बोजी स्थित शिव मन्दिर नजिक बस्ने २९ बर्षीया बबली काधुको दाउरा प्रहारबाट मृत्यु भएको छ ।

उनलाई मंगलबार आफ्नै घरमा श्रीमान राम सागर काधुले दाउराले निधारमा प्रहार गर्दा मृत्यु भएको थियो । घटनापछि फरार रहेका राम सागरको प्रहरीले खोजतलास गरिरहेको छ । स्थानीयका अनुसार घरझगडा हुँदा रामले बबलीलाई दाउरा प्रहार गरेका थिए । घटनको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।