१२ कार्तिक २०८३, बिहिबार

गुल्मीमा चार वर्षीय बालिका बलात्कार, अभियुक्त जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail

– अनिल खत्री
गुल्मी, १६ मंसिर । गुल्मीमा चार बर्षिया बालिकालाई जबरजस्ती करणी गरेका एक व्यक्ति कारागार चलान भएका छन् ।

दरबार देविस्थान– ६ का २० बर्षीय बसन्त सुनार पुर्पक्षका लागि मंसिर १४ गते कारागार चलान भएका हुन् । उनले कार्तिक २५ गते दिउँसो बालिकालाई बलात्कार गरेका थिए ।

बालिकाका आफन्तजनले दिएको उजुरीको आधारमा कार्तिक २६ गते जिल्ला प्रहरी कार्यालय गुल्मीले आरोपित सुनारलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद मरासिनीको आदेशमा आरोपित सुनार जिल्ला कारागार चलान भएको श्रेष्तेदार श्याम बिरही मौर्यले जानकारी दिए ।