१२ कार्तिक २०८३, बिहिबार

कोरियाका राजदूत जिनद्वारा कैलाली बहुमुखी क्याम्पसको निरीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Korean-Ambessor

धनगढी, १५ मङ्सिर । नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ योङ्ग जिनले आज यहाँस्थित कैलाली बहुमुखी क्याम्पसको अवलोकन निरीक्षण गर्नुभएको छ ।

अवलोकनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा राजदूत जिनले नेपाल प्राकृतिक स्रोतले भरिपूर्ण देश रहेकाले राजनीतिक स्थायित्व हुन सकेमा यहाँ बिकासको गतिले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

Korean-Ambessor-1

क्याम्पसको बिकासका लागि आफूले आवश्यक पहल गर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयका रजिस्ट्र्रार डा हेमराज पन्त, कैलाली बहुमुखी क्याम्पसका प्रमुख सुरेन्द्र चन्द, सहायक क्याम्पस प्रमुख डा पदमराज जोशी, डा राजेन्द्रवीर चन्द लगायतका बक्ताले क्याम्पसको वस्तुस्थितिमाथि प्रकाश पार्नुभएको थियो ।

राजदूत जिन क्याम्पसमा पुग्नुहुँदा बिद्यार्थी, प्राध्यापक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए ।

२०३७ सालमा जनस्तरको प्रयासमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमकै अग्रणी क्याम्पसको रुपमा रहेको छ । स्नातकोत्तरसम्म अध्ययन अध्यापन हुने यो क्याम्पसमा हाल आठ हजार विद्यार्थी रहेका छन् । रासस