१२ कार्तिक २०८३, बिहिबार

नेता कार्यकर्तासँग सल्लाह गरेर पार्टी सभापतिमा उठ्छुः सुजाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata-koirelaधनगढी, १५ मङ्सिर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तराई मधेसका समस्या समाधान संवादबाट खोजिनुपर्ने बताउनुभएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले पछिल्लो पटक तराई मधेसमा देखिएका समस्या समाधानका लागि आन्दोलन नभई वार्ता उत्तम विकल्प भएको बताउनुभयो ।

पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा देखिएको चिसोपनप्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने नदिनेबारे पार्टीका नेता कार्यकर्तासंग सल्लाह, सुझावका आधारमा निर्णय लिने बताउनुभयो । रासस