– ललित केसी
अछाम, १५ मंसिर । एचआईभी एड्सको घर मानिने सुदूरपश्चिमको अछाम जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अछामले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ सय ७९ पुरुष, ८ सय ८२ महिला र १ सय ११ जना बालबालिकामा एचआईभी संक्रमित छन् । जसमा जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पतालवाट ९ सय ३० जना संक्रमितहरुले एआरटी औषधी सेवन गरिरहेका छन् ।
कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदीले एचआईभी संक्रमितरुलाई समाजमा खुलेर बस्न उनीहरुलाई माया ममता, सहानुभुती, हौसल्ला र सदभाव प्रदान गर्नुका साथै विभिन्न किसिमका आयमुलक र सीपमुलक तालिमहरु दिनुपर्ने बताए ।
विश्व एड्स दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै सुवेदीले एचआईभी/एड्स नियन्त्रण गर्न र थप फैलन नदिन जनस्तर तथा समुदाय स्तरमा जनचेतना जगाउने खालका कार्यक्रम संचालन गर्न आवश्यक रहेको औल्याए ।














प्रतिक्रिया