पर्वत, १५ मंसिर । जिल्लाको ठूलीपोखरीमा रहेको जनता शुदर्शन उच्च माध्यामिक विद्यालयको स्वर्ण जयन्ती आगामी पुस २३ देखि २७ गतेसम्म मनाईने भएको छ । स्वर्ण जयन्तीलाई भव्य बनाउनका लागि १ हजार एक सदस्यीय मूल आयोजक समतिका साथै विभिन्न १३ वटा उपसमिति बनाईएको छ ।
स्वर्ण जयन्तीका अवसरमा विद्यालय निर्माणदेखि हालसम्म योगदान पु¥याउने शिक्षासेवीका साथै विद्यालयबाट माध्यामिक शिक्षा पुरा गरि विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका आफ्ना विद्यार्थीहरुलाई सम्मान गर्ने, जिल्ला स्तरिय विभिन्न खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम गरि भव्य रुपमा सम्पन्न गरिने विद्यालयका प्राधानाध्यापक बालकृष्ण सुबेदीले जानकारी दिनुभयो ।
यसैबीच सोमबार प्रचार प्रसार उपसमितिको बैठक बसि स्वर्ण जयन्ती भव्य रुपमा सम्पन्न गर्नका लागि प्रचार प्रसारका साथै विभिन्न प्रकाशनहरु तयारी गर्ने निर्णय गरेको छ । प्रचार प्रसार उपसमितिका अनुसार मूल कार्यक्रमलाई भव्य बनाउन विभिन्न संचार माध्यमका साथै प्रकाशनमार्फत कार्यक्रमको बारेमा विदययका भुतपूर्व विद्यार्थी, शिक्षक र शिक्षासेवी लगायतका सबै क्षेत्रमा पु¥याउने तयारी भएको बताइएको छ ।
२०२१ सालमा स्थापना भएको सो विद्यालयबाट माध्यामिक शिक्षा पाएका विद्यार्थीहरु देशका विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पु¥याउन समेत सफल भएको र स्वर्ण जयन्तीको कार्यक्रमले सबैलाई एकै ठाउँमा भेला भई विद्यालको आगामी कार्ययोजना बनाउन समेत फलदायी हुनेमा विश्वास लिएको विद्यालयका प्रअ बालकृष्ण सुबेदीले बताउनुभयो । साथै सोही अवसरमा विद्यालयको ईतिहाँस झल्कने स्मारिका समेत प्रकाशन गर्ने भएको छ । स्मारिकाका लागि विद्यालयबाट उत्पादन भई विभिन्न क्षेत्रमा पुगेका व्यक्तित्वहरुदेखि विद्यालय स्थानपनामा योगदान पु¥याएकाहरुको लेख रचना समेत माग गर्ने र त्यसलाई विद्यालयको ऐतिहाँसिक दस्तावेज समेत बनाउने तयारी भएको प्रअ सुबेदीको भनाई छ ।















प्रतिक्रिया