१२ कार्तिक २०८३, बिहिबार

स्कर्टिङमा रहेको बस ठोक्किँदा दर्जन घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bardiya Bandसप्तरी, १५ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बिहान प्रहरीको सुरक्षा घेरा (स्कर्टिङ)मा रहेको दुई बस एक आपसमा ठोक्किँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् ।

सप्तरीको भारदहमा यात्रु ओराल्ने क्रममा रोकी राखेको ना५ख ४०४० नम्बरको बसमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १६७७ नम्बरको बस पछाडिबाट ठोक्किँदा सो बसमा सवार एक दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

समान्य घाइतेको सुनसरीको इटहरीस्थित सामुदायिक अस्पताल र गम्भीर घाइतेलाई तीन जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस