३० आश्विन २०८३, शुक्रबार

आयल निगमको प्राविधिक टोली आज चीन जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oil-negamकाठमाडौं, ७ मंसिर । भारतको नाकाबन्दीमा चीनबाट व्यवसायिक रुपमा इन्धन आपूर्ति गर्न नेपाल आयल निगमको एक टोली सोमबार बेइजिङ जाँदै छ ।

निगमका निमित्त निर्देशक दीपक बराल र निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराई इन्धनको प्राविधिक अध्ययन गर्न चीन जान लागेका हुन् । दुई सदस्यीय नेपाली टोली दिउँसो १ बजे बेइजिङ प्रस्थान गर्नेछ ।

टोलीले इन्धन व्यापार सम्बन्धि प्राविधिक कुराहरु अध्ययन गर्ने वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले जानकारी दिनुभयो । मन्त्री पुनका अनुसार व्यापारिक सम्झौतापछि पेट्रोलियम पदार्थ आयात गर्दा चीनले उताको कर छुट दिने संकेत गरेको छ । यसलाई अन्तिम रुप दिन मन्त्रालयले केही दिनपछि अर्काे टोली पठाउने छ ।

‘चीनसँग प्राविधिक विषयमा आयल निगम र पेट्रो चाइनाबीच इमेलमा मात्रै कुरा भएको छ,’ मन्त्री पुनले भन्नुभयो– ‘पहिला चीनले दिने पेट्रोलियम पदार्थको मूल्य, निकासी गर्दा कर छुट लगायत विषय टुंग्याउनुपर्ने भएकोले प्राविधिक टोली पठाउन लागिएको हो ।’

चीनबाट आउने पेट्रोलियम पदार्थ उच्च गुणस्तरको भएकोले मूल्य केही महँगो पर्ने देखिन्छ । चीनले युरो–४ मापदण्डको पेट्रोल मात्रै बिक्री गर्छ । भारतबाट युरो–३ मापदण्डको दिँदै आएको छ ।