१२ कार्तिक २०८३, बिहिबार

दुई सय केजी गाँजा र हतियारसहित तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarलहान, २३ कात्तिक । प्रहरी र वन कर्मचारीको संयुक्त गस्ती टोलीले गए राति सिरहाको लहान नगरपालिका–१८ स्थित चुरे जङ्गलबाट प्रतिबन्धित लागुपदार्थ गाँजा र हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहान र जिल्ला वन कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले १० बोरामा राखिएको २०० किलो गाँजासहित उदयपुरको भलेडाँडा–३ का ५० वर्षीय मदनबहादुर पुलामी र राजकुमार विक तथा लहान नपा–१७ एकरतियाँका गणेश चौधरीलाई पक्राउ गरेको हो ।

अभियुक्तका साथबाट एउटा कटुवा पेस्तोल र सोमा प्रयोग हुने दुई राउन्ड गोलीसमेत बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरीनायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । अभियुक्त पुलामीले यसअघि पनि लागुऔषध कारोबारमा दुई वर्ष कारागार सजाय भोगिसकेको प्रहरीको भनाइ छ ।

अभियुक्त तीनैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । रासस