१२ कार्तिक २०८३, बिहिबार

गुण्डागर्दी गर्ने चार जना गौशालाबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, २२ कात्तिक । गएराति गौशालाबाट गुण्डागर्दीमा संलग्न चार जना पक्राउ गरेको छ ।

काठमाडौँका विभिन्न ठाउँमा व्यापारी र सर्वसाधारणलाई धम्क्याउने र कुटपिट गर्ने चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब निरीक्षक सुरेन्द्र मैनालीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा काठमाडौँ बत्तीसपुतली बस्ने ४२ वर्षीय दिनेश डङ्गोल, गौशालाका २९ वर्षीय बिजेन्द्र कुँवर, तिलगङ्गाका ३५ वर्षीय प्रदिप देउला र सिफलका ४३ वर्षीय राकेश मुनकर्मी रहेको मैनालीले बताउनुभयो ।

गौशाला चोकस्थित एक दोहोरी साँझमा कर्मचारी तथा ग्राहकलाई कुटपिट गरी भाग्दै गरेको अवस्थामा प्रहरी टोलीले समातेको प्रहरीले जनाएको छ । रासस