जाजरकोट, २२ कात्तिक । जाजरकोट जिल्लामा स्थानीय प्रशासनले शान्ति सुरक्षालाई ध्यान दिँदै बेलुका ९ बजेभित्र होटल, पसल बन्द गर्न निर्देशन दिएको छ ।
तिहारको अवसरमा शान्ति सुरक्षामा कमी हुन नदिन जिल्ला प्रशासन कार्यालय जाजरकोटले सूचना प्रकाशन गरी राति ९ बजेभित्र सदरमुकामलगायत जिल्लाका सबै ठाउँमा होटल, पसल, देउसी भैली, बन्द गर्न अनुरोध गरेकोे छ ।
योभन्दा अघि जिल्ला भित्रने नाकामा मदिराजन्य पदार्थ भित्रन नदिन जाँच कडा गरेको स्थानीय प्रशासनले एकपछि अर्को गरी नियम कडा गराउँदै आएको छ ।
कडा नियम गरेसँगै जाजरकोटका स्थानीयवासीले शान्ति सुरक्षा पाएको महसुस गरेको बताएका छन् ।
जिल्लाको शान्ति सुरक्षामा कमी नहोस् भनी यो कार्य गरेको निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज सेडाईंले जानकारी दिनुभयो ।















प्रतिक्रिया