ओखलढुंगा, २१ कात्तिक । ओखलढुंगाका विभिन्न गाविसमा व्यावयायिक रुपमा अबैध गाँजाखेती हुने गरेको खुलेको छ । प्रहरीले खटाएका सुराकीले सिंगै गाउँमा अबैध गाँजाखेती गरेको भेटेपछि नष्ट गर्ने अभियान शुरु भएको छ ।
थाक्ले गाविस ५ को भदौरेमा सिंगै गाउँमा अबैध गाँजाखेती गरेको पाइएको छ । नेपाल प्रहरीले शसस्त्रलाई समेत साथमा लिएर अबैध गाँजाखेती नष्ट गर्ने अभियान चलाएको छ । प्रहरीले चलाएको अभिमयान जिल्ला व्यापी बनाइने प्रहरी निरीक्षक दीपककुमार शाहले बताउनुभयो ।
प्रहरीले अहिले थाक्ले गाविसको वडा नं. ५, ६, ७ र ९ मा लगाइएको व्यवसायिक गाँजाखेती नष्ट गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरीक्षक दिपक कुमार शाहको नेतृत्वमा गएको प्रहरी टोलीले एक करोड मूल्य बराबरको गाँजा नष्ट गरेको हो । नष्ट गर्ने अभियानसँगै कारोवारी पहिचान गर्न अनुसन्धान समेत शुरु गरिएको प्रहरीले जनाएको छ ।
गाजाँ कारोवार गर्ने र खेती गनेबारे अनुसन्धान भइरहेकाले कारवाहीको दायरामा ल्याइने प्रहर िनायव उपरीक्षक दिपेन्द्र शाहले शाहले बताउनुभयो ।
प्रहरीले थाक्ले गाविसमा चेतावनीसहित माइकिङ गरेर गाँजा नष्ट गर्न शुरु गरेपछि गाँजाखेती गर्ने स्थानीय बासिन्दा घर छोडेर भागेका थिए । सामान्यतः एक बोरा गाँजाका पात मात्रै ९÷१० हजारमा भारत तथा सिरहातिरबाट खरिद गर्न व्यापारी आउने गरेकाले गाँजाखेती गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्लाका दक्षिणी गाविस थाक्ले, हर्कपुर, मानेभञ्ज्यांग लगायतका गाविसमा अबैध गाँजाखेती हुने गरेको छ ।















प्रतिक्रिया