११ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिका स्वकीय सहसचिवमा भट्टराई र गौतम नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-Bhandari-2काठमाडौं, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सहसचिवद्वयमा शिव भट्टराई र नवराज गौतम नियुक्त हुनुभएको छ ।

काठमाडौं महानगरपालिका–७, चाबहिल निवासी भट्टराई पत्रकारितासँग सम्बद्ध हुनाका साथै भण्डारी सांसद र रक्षामन्त्री हुँदादेखि नै उहाँका स्वकीय सचिवका रुपमा काम गर्दै आउनुभएको हो ।

त्यस्तै सिरहा घर भई मोरङमा कार्यक्षेत्र हुनुभएका गौतम पनि उहाँको सहयोगीका रुपमा रहँदै आउनुभएको छ ।

यसअघि राष्ट्रपतिका स्वकीय सचिवमा झापा तोपगाछी–४ का भेषराज अधिकारी नियुक्त भइसक्नुभएको छ ।