११ कार्तिक २०८३, बुधबार

धादिङ दुर्घटनामा १० यात्रु घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २१ कात्तिक । काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको यात्रुबाहक बसले रोकिराखेको ट्रकलाई आज बिहान धादिङको भुमेस्थान गाविसको हुलाकडाँमा ठक्कर दिँदा १० जना यात्रु घाइते भएका छन् ।

यात्रु बोकेर सर्लाहीका लागि छुटेको बा५ख ५५८७ नं को बसले सो स्थानका रोकेर राखेको ना३ख ८८७७ नं को ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकालाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेघा अस्पतालमा भर्ना गरिएको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस