११ कार्तिक २०८३, बुधबार

धनुषामा एक स्कुल बसमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busधनुषा, २१ कात्तिक । धनुषामा गएराति एक स्कुल बसमा आगजनी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा ज१ख ७६३ नम्बरको बसमा आगजनी गरिएको छ ।

वीरेन्द्रबजारस्थित बुद्ध सिद्धार्थ निकेतन बोर्डिङ स्कुलको प्राङ्गणमा पार्किङ गरी राखिएको स्कुल बसमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरी फरार भएको बताइएको छ ।

बसमा लागेको आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिन सफल भए पनि बसको सिट जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

यसैबीच आगजनीको गरेको घटनाको जिम्मा जनतान्त्रिक टाइगर जनशक्ति पार्टीले लिएको छ ।

घटनापछि राति केही सञ्चारमाध्यममा टेलिफोन गरी बन्दको अवज्ञा गरेको भनी तोडफोड तथा आगजनी गरेको दाबी सो पार्टीले गरेको छ । रासस