पोखरा, २० कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा नसमेटिएका केही विषयलाई समेट्नका लागि व्यवस्थापिका–संसद्मा संशोधन प्रस्ताव दर्ता गरिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान समारोहमा उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउने नै काँग्रेसको लक्ष्य भएकाले संविधानका सम्बन्धमा उठेका कुनै पनि विषयमा काँगेस सबैसँग छलफल गर्न तयार रहेको उल्लेख गर्नु भयो ।
मधेस र पहाडबीचको एकताले नै देश समृद्धिको मार्गमा उन्मुख बन्ने धारणा राख्दै उहाँले नेपालमा इन्धन, औषधिजस्ता अत्यावश्यकीय वस्तुको आयात रोक्न धर्नामा बसेर कुनै मधेसी वा नेपालीलाई फाइदा नपुग्ने बताउनुभयो ।
प्रजातन्त्रको सुदृढीकरण एवम् संविधानको कार्यान्वयनका लागि काँग्रेसको भूमिका सधैं महत्वपूर्ण हुने नेता देउवाको भनाइ छ ।















प्रतिक्रिया