काठमाडौं, २० कात्तिक । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले भारतले लगाएको अघोषित नाकाबन्दी केही दिनमै अन्त्य हुने बताउनुभएको छ ।
द्वन्द्वकालमा तत्कालीन माओवादी पक्षबाट हत्या गरिएका ओखलढुङ्गाका शिक्षक गुरु लुईंटेलसम्बन्धी तयार पारिएको वृत्तचित्रको प्रदर्शनी कार्यक्रममा सहभागी हुँदै मधेसका माग सम्बोधन र भारतीय नाकाबन्दी अन्त्य हुने बताउनुभयो । त्यसका लागि उच्चस्तरीय राजनीतिक तहमा वार्ता भइरहेको बताउनुभयो ।
उहाँले कही पनि पूर्ण सहमतिबाट संविधान नआउने बताउँदै संविधानप्रतिको असन्तुष्टिलाई सहमतिमार्फत समाधान गरिने छ भन्नुभयो ।
उपप्रधानमन्त्री रावलले संविधानलाई संशोधन गर्दै सबैका जायज मागलाई पूरा गरिने उल्लेख गर्नुभयो । भारतले लगाएको अघोषित नाकाबन्दी हटाउनै पर्छ भन्दै उहाँले यसका लागि उच्चस्तरीय राजनीतिक छलफल भइरहेको बताउनुभयो ।
रक्षामन्त्री भीम रावलले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वकालका पीडितले न्याय पाउने बताउनुभयो ।















प्रतिक्रिया