११ कार्तिक २०८३, बुधबार

नेपालको आन्तरिक मामिलामा बोल्ने अधिकार भारतलाई छैन् : महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokharelविराटनगर, २० कात्तिक । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले हामी आफ्ना समस्या समाधान गर्न सक्षम भएकाले यस विषयमा छिमेकीले बोल्नु आवश्यक नभएको बताउनुभएको छ ।

एमाले मोरङद्वारा आज विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित बकरिद, नेपाल संवत्, दसैँ, तिहार र छठ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा उहाँले आन्तरिक समस्याका नाममा छिमेकीले दुःख दिई सङ्कट सिर्जना गरेको बताउँदै संविधानका विषयमा मधेसमा भ्रम फैलाएर सामाजिक विद्वेष फैलाउने कार्य भइरहेकाले यस विषयमा हामी सबैलाई सचेत हुनुपर्छ भन्नुभयो ।

एमाले सचिव भीमप्रसाद आचार्यले जारी संविधानमा सबै वर्ग र समुदायको भावना समेटिएकाले यस विषयमा छरिएका भ्रम चिर्न सर्वसाधारणमा संविधानको विषयमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । अर्का सचिव योगेश भट्टराईले नेपालको आन्तरिक मामिलामा छिमेकीको ठाडो हस्तक्षेप स्वीकार नहुने बताउँदै कतै कमजोरी छ भने सच्याएर जान सकिने धारणा व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री लालबाबु पण्डितले भारतले नेपालको आन्तरिक मामलामा टाउको दुखाइरहनु नपर्ने बताउनुभयो । रासस