– टेकराज भण्डारी
अछाम, २० कात्तिक । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावल उपप्रधान तथा रक्षा मन्त्री भएपछि अछाम जिल्लामा खुसीयाली छाएको छ ।
बिशेष गरी एमाले नेता कार्यकर्ता भीम रावल अछाम जिल्लाबाट पहिलो पटक देशकै उपप्रधानमन्त्री भएपछि खुसी भएका हुन् । एमाले जिल्ला सचिव यज्ञ बोगटी अछाम जस्तो विकट क्षेत्रमा जन्मेर देशकै प्रमुख राजकीय पदमा पुग्न सफल हुनुभएको र यसबाट जिल्लाबासी खुसी भएको प्रतिक्रिया दिनुभयो ।
अन्य दल समर्थित नेता कार्यकर्ता पनि खुसी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिवार गर्नुभएको मन्त्रीमण्डल विस्तारमा नेता रावललाई उपप्रधान सहित रक्षा मन्त्रालयको जिम्मेवारी दिईएको हो । नेता रावल उपप्रधान तथा रक्षा मन्त्री हुनु यस क्षेत्रकै लागि खुसीको कुरा भएको ट्रेड युनियन कांग्रेस अछामका सचिव टंक रिमालले प्रतिक्रिया दिनुभयो ।
पत्रकार महासंघ अछामका सचिव शिवराज ढुंगाना पश्चिमको सामान्य मान्छे राज्यको नीति निर्माण तहमा पुग्दा गर्व लागेको बताउनु भयो । शान्ति प्रक्रिया, संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र उहाँको क्षमता, योग्यता कार्यकुशलता अनुसारको मन्त्रालय नदिईएको पनि गुनासो छ । अछाम जिल्लाको भागेश्वर गाविसमा जन्मनु भएका नेता रावल यस अघि माधव नेपालको प्रधानमन्त्रीको बेलाका सफल गृहमन्त्री मानिन्छन् ।
उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो वामपन्थी सरकारमा संस्कृति तथा पर्यटन मन्त्री भएका थिए भने पछि विज्ञान तथा प्रविधि राज्यमन्त्री पनि भएका थिए ।
शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नुभएका नेता रावल संविधान निर्माणमा पनि त्यत्तिकै सक्रियताका साथ भूमिका खेल्नुभएको थियो । नेपालको संविधान २०७२ का मस्यौदाकार भीम रावल विद्याथीृ राजनीतिबाटै कम्युनिष्ट पार्टीमा आबद्ध रहेका हुन् । रावल उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त भएपछी समग्र सुदुरपश्चिमका जनताहरु नै हर्षीत भएका छन् ।
राज्यले सुदूरपश्चिमलाई हरेक हिसाबले पछी पार्ने गरेको भएपनी अहीलेको केपी ओलीको सरकारले रावलको क्षमताको कदर गरेको भन्दै खुसी व्यक्त गरेका हुन । रावल उपप्रधान तथा रक्षा मन्त्रीमा नियुक्त भएपछी सुदूरपश्चिका हरेक समस्याको समाधान संगै बिकास निर्माण कार्य अघि बढ्ने यहाँका जनताहरुमा आशा पलाएको छ ।
















प्रतिक्रिया