११ कार्तिक २०८३, बुधबार

परीक्षाफल प्रकाशित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, २० कात्तिक । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल साउन महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र सङ्कायतर्फ प्रमाणपत्र तह (आइए) प्रथम वर्ष (आंशिक) परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

यसैगरी, त्रिवि, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७१ साल माघ÷फागुनमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) दोस्रो वर्ष २०७० को (शोधपत्रबाहेक) परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयद्वारा आज प्रकाशित सूचनाअनुसार उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np & www.educationkhabar.com मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिनेछ । रासस