सुरुङ्गा (झापा), २० कात्तिक । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालवाहक ट्रकको ठक्करबाट झापाको कनकाई नगरपालिका–८ विरिङ पुलनजिकै शीतलचोकमा आज दिउँसो दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका–९ निवासी ४० वर्षीय लक्ष्मी थापा र सोही ठाउँ निवासी २८ वर्षीय केशव बोहोरा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
वा५८प ८१५६ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका उनीहरुलाई सोही दिशातर्फ आइरहेको मे१ख १८३२ नम्बरको बसलाई ‘ओभरटेक’ गर्ने क्रममा विपरीत दिशातर्फ जाँदै गरेको ना४ख १०२१ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करपछि उछिट्टिएको मोटरसाइकल पुनः बससँग ठोकिन पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
ट्रक र बसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको बिर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताउनुभयो । रासस















प्रतिक्रिया