११ कार्तिक २०८३, बुधबार

प्रहरी सरुवा बढुवामा मेरो हस्तक्षेप हुँदैन् : गृहमन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dpm-basnet (1)काठमाडौँ, २० कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले गृह प्रशासन सुधारका लागि प्रभावकारी काम गरिने बताउनुभएको छ ।

सुरक्षा क्षेत्र हेर्ने सञ्चारकर्मीहरुसँग भएको भेटमा मन्त्री बस्नेतले सुरक्षा र सङ्गठनको नीतिगत विषयमा बाहेक आफूले सरुवा बढुवामा चासो नदिने बताउँदै सुरक्षा र सङ्गठनबीचको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन सक्दो प्रयास गरिने प्रतिबद्धता जनाउनुभयो ।

गृह मन्त्रालयको संरचना परिवर्तन र काम गर्ने तौरतरिकामा फेरबदल गरी मन्त्रालयको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने उहाँले बताउनुभएको गृहमन्त्रीका प्रेस सहयोगी रोशन खड्काले जानकारी दिनुभयो । रासस