जाजरकोट, २० कात्तिक । डोल्पाको त्रिपुरोकोटमा रहेको छलगाड जलविद्युत् आयोजना बन्द हुँदा ६०० घरधुरी मर्कामा परेका छन् ।
त्रिपुराकोट गाविस– १ स्थित पावर हाउस रहेको पावर वितरण गर्ने मेसिनमा खरावी आएपछि दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।
सो आयोजनाबाट ३५ किलोवाट विद्युत् उत्पादन हुने गर्छ । विद्युत् बन्द हुँदा यहाँका स्थानीयवासीले सल्लीको दियालो प्रयोग गर्न थालेका छन् ।
विद्युत् मर्मत गर्न कम्तीमा एक हप्ता लाग्ने आयोजना सञ्चालक समितिका सचिव हेमराज हमालले बताउनुभयो । रासस















प्रतिक्रिया