११ कार्तिक २०८३, बुधबार

दाङका अस्पतालमा औषधिको अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

generic-drugsदाङ, २० कात्तिक । भारतको अघोषित नाकाबन्दीका कारण दाङका अस्पतालमा यतिखेर औषधिको अभाव हुन थालेको छ ।

तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल घोराही, प्राथमिक स्वास्थ्य केन्द्र लमहीसहित जिल्लाका सरकारी तथा निजी अस्पतालमा औषधिको अभाव हुन थालेको हो ।

राप्ती अञ्चल अस्पतालमा र उपक्षेत्रीय अस्पताल घोराहीमा रहेको साझा औषधि बिक्री संस्थामा पनि भारतीय औषधि ८० प्रतिशत सकिनुका साथै सुईको समेत अभाव हुँदै गएको ती अस्पतालले जनाएको छ ।

औषधिको अभाव भएपछि उपचार गराउन आउने बिरामीलाई समस्या हुने गरेको ती अस्पतालका चिकित्सक बताउँछन् । रक्तचाप, सुगर, मानसिक समस्या, छारेरोगविरुद्धका औषधि सकिएको साझा औषधि वितरण कक्षहरुले जनाएका छन् ।

त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा र तुलसीपुरमा रहेको तुलसी बाल अस्पतालमा पनि भारतीय औषधिको अभाव हुन थालेको बताइएको छ ।

अस्पतालका चिकित्सक किशोर खत्रीले यस्तै स्थिति रहेमा अब बिरामीलाई कसरी उपचार गर्ने भन्ने समस्या रहेको बताउनुभयो । रासस