११ कार्तिक २०८३, बुधबार

सीमा नाका झुलाघाटबाट लागुऔषधसहित एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadi Pakrauबैतडी, १९ कात्तिक । प्रहरीले बैतडीको सीमा नाका झुलाघाटबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

झुलाघाटको झोलुङ्गेपुलमा गस्तीमा खटिएको प्रहरीले जाँचका क्रममा बझाङ देउलीकोटका प्रेम बोहरालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो – “बैतडीबाट भारतको पिथौरागढ लैजाने क्रममा बोहराले लुकाइछिपाई राखेको अवस्थामा सीमा नाकाबाट अन्दाजी २०५ ग्राम चरेससहित पक्राउ गरिएको हो ।”

पक्राउ परेका बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । रासस