११ कार्तिक २०८३, बुधबार

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ambulanceदाङ, १९ कात्तिक । दाङको स्वास्थ्य संस्थाले प्रसूति हुन आउने महिलालाई आउन जान निःशुल्क एम्बुलेन्स सेवालगायतका अन्य सेवा दिने गरेको छ ।

दाङको धनौरीमा रहेको स्वास्थ्य चौकीले नियमित गर्भवती जाँच गराउनुपर्छ तथा सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने उत्प्रेरणा जगाउन विभिन्न निःशुल्क सेवा दिने गरेको चौकीका इन्चार्ज वसन्त आचार्यले बताउनुभयो ।

त्यसैगरी संस्थाले गर्भवती जाँच गराउन आउने महिलालाई चार प्याकेट आयोडिनयुक्त नुन, सुत्केरी हुन आउने महिलालाई निःशुल्क खाजा, तीन र सात दिनमा स्वास्थ्यकर्मीद्वारा घरमै गएर सेवा दिने गरेको जनाएको छ । रासस