११ कार्तिक २०८३, बुधबार

‘नयाँ शक्ति भन्दै बाबुरामले भ्रमको खेती गरे’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं, १८ कात्तिक । फेसबुकमा भेट भएर संगठित बन्दै गरेको समूह नयाँ शक्तिले पहिलोपटक औपचारिकरुपमा नेपालका राजनीतिक दलका नेताविरुद्ध सामाजिक अभियान चलाएको छ ।

हङकङमा रहेका घनश्याम चौलागाइँले फेसबुकमार्फत थालेको अभियान अन्तर्गत निर्माण भएको नयाँ शक्ति समूहले डा. बाबुराम भट्टराईलाई भ्रमको खेती गरेको आरोप लगाएको हो ।

नयाँ शक्तिले फेसबुकमा  सार्वजनिक गरेको तस्बिर सन्देशमा भनिएको छ, ‘पुरानो शक्ति, बाबुराम भट्टराई, फेरि पनि भ्रममा नपरौँ नेपाली जनता । जनचेतनाका लागि सक्दो शेयर गरौँ ।’

फेसबुकमा झन्डै ५१ हजार सदस्य रहेको नयाँशक्तिको दाबी छ । नेपालका ७५ जिल्ला र विदेशका अधिकांश स्थानमा नयाँ शक्तिका सदस्य बन्ने क्रम जारी रहेको संयोजक चौलागाइँले बताए । नयाँ शक्तिले भूकम्पपछि नेपालका विभिन्न जिल्लामा सहयोग गर्नुका साथै यहि मँसिर ४-६ गते धनगडीमा  सातौ अन्तराष्ट्रिय खुल्ला कराते  प्रतियोगिता समेत आयोजना  गर्दै छ ।

फेसबुकमै भेटिएका युवा समाहित हुने क्रममा नयाँ शक्ति सामाजिक सञ्जालबाट ठूलो पंक्ति बनेको छ भने नेपालका राजनीतिक दलहरुले गरेका गल्तीविरुद्ध पनि उसले फेसबुकमा खबरदारी गर्दै आएको छ । भर्खरै एमाओवादी परित्याग गरेर राजनीतिक घटनाक्रममा कोर्सलाई उल्टो दिशामा घुमाउने प्रयत्नमा देखिएका बाबुराम नेपाली राजनीतिमा भ्रम छरिरहेको भन्दै नागरिकलाई सचेत हुन नयाँशक्तिले सामाजिक अभियान चलाएको हो । राजनीतिक दलहरुविरुद्ध लेखिए पनि नेताविरुद्ध पनि सामाजिक अभियान सुरु भएको यो पहिलो हो ।

यता नेपालमा भने लामो समयदेखि नयाँ शक्तिको खाँचो छ भन्दै बाबुराम भट्टराई नै विमर्श र बहस गरिरहेका बेला  नयाँ शक्ति समूहले नै उनलाई चुनौती पो दिन सुरु गरेको छ ।