११ कार्तिक २०८३, बुधबार

भक्तपुरमा प्रहरीबाट टोलटोलमा सीसी क्यामरा जडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cctv-cameraभक्तपुर, १८ कात्तिक । महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लाभरि नै आजदेखि घरदैलो अभियान सुरु गरेको छ ।

परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यले तिहार, नेपाल सम्बत् र छठ पर्वमा हुनसक्ने अपराध न्यूनीकरणका लागि घरदैलो अभियान सुरु गरेको जानकारी दिनुभयो ।

बज्राचार्यले भन्नुभयो, “चाडपर्वको बेलामा हुने चोरी, डकैती, लुटपाट, मदिरा बिक्री वितरण, पटका बिक्री वितरण, जुवातास खेल्ने खेलाउने कार्य रोक्न शुभकामनासहितको घरदैलो अभियान सुरु गरेका हौँ ।”

प्रहरी परिसर तथा जिल्लाभरका प्रहरी वृत्त एवम् प्रभागबाट प्रहरी परिचालन गरेर जनचेतना अभिवृद्धिसहितको कार्यक्रम सञ्चालन भएको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले तिहार, नेपाल सम्बत र छठ पर्वमा ६१३ जना प्रहरी परिचालन गरी गस्ती गर्ने, प्रहरीको रात्रिकालीन एम्बुस थाप्ने, सादा पोसाकका प्रहरी परिचालन गर्ने, पेट्रोलिङ गर्ने बताउनुभयो ।

त्यस्तै प्रहरीले भक्तपुर नगरपालिका क्षेत्रभित्र अपराध नियन्त्रण गर्न चोकचोकमा २० वटा सिसी क्यामरासमेत जडान गरेको छ । रासस